आदरणीय अभिभावकज्यूहरू,
सादर नमस्ते
विगत केही दिनदेखिको लगातारको वर्षाका कारण जनजीवन निकै प्रभावित भइरहेको र यसको सीधा असर बालबालिकाहरूको पढाइमा समेत परेकाले हामी सबै निकै चिन्तित छौँ। यस्तो प्रतिकूल मौसममा हाम्रा बालबालिकाहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।त्यसैले, बालबालिकाहरूलाई घरमै सुरक्षित राखेर अध्ययन-अध्यापन कार्यलाई निरन्तरता दिन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। विद्यालय प्रशासन तथा शिक्षकहरूबाट यस ग्रुपमा नियमित रूपमा होमवर्क (Homework) र शिक्षण सामग्रीहरू (Learning Materials) पठाइनेछ।तपाईंहरूका छोराछोरीलाई घरमै बसेर ती सामग्रीहरू पढ्न, बुझ्न र गृहकार्य पूरा गर्न आवश्यक सहजीकरण र मार्गदर्शन गरिदिनुहुन विनम्र अनुरोध छ।साथै, सम्भावित जोखिमहरूबाट बच्न पूर्ण रूपमा सावधानी अपनाउँदै आफ्नो दैनिक क्रियाकलापहरू सञ्चालन गर्नुहुन र सुरक्षित रहनुहुन विशेष अनुरोध गर्दछौँ।सुरक्षित रहौँ, सचेत रहौँ।
धन्यवाद।विद्यालय परिवार