आदरणीय अभिभावकज्यू,
मौसम तथा वातावरण विभागको पूर्व सूचना अनुसारको संभावित जोखिमलाई मध्यनजर गर्दै भोलि २०८३ साल असोज ९ गते शुक्रबार विद्यालयका सम्पुर्ण पठनपाठन बन्द गरिएको छ । आफ्ना नानी बाबुहरूलाई एक्लै बाहिर निस्कन र यात्रा गर्न नदिनुहोला । अत्यन्तै जोखिम अवस्था हुन सक्ने भनिएकाले नदी तटिय क्षेत्रका बासिन्दा सजगता अपनाई सुरक्षित रहनुहोला ।
दोस्रो त्रैमासिक परीक्षा नजिएकाले आफ्ना नानिबाबुहरूलाई विशेष समय दिएर घरमै पठनपाठनमा सहयोग गरिदिनुहोला र विद्यालयले दिएको निर्देशन अनुसार शैक्षिक क्रियाकलाप गराइदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
भोलि नेवार जातिको महान पर्व ईन्द्रजात्रा समेत परेकाले यस पर्व मान्नुहुने सम्पुर्ण दाजुभाइ दिदीबहिनीमा ईन्द्रजात्राको शुभकामना व्यक्त गर्दछौं ।